१३ असार २०८३, शनिबार

देवनारायणको गिरफ्तारीविरुद्ध नागरिक समाज ‘आन्दोलित’

कात्तिक २०, २०७४
देवनारायणको गिरफ्तारीविरुद्ध नागरिक समाज ‘आन्दोलित’

काठमाडौं, १७ असोज– भारतीय प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनका छोरा अजयलाई पक्राउप्रति नागरिक समाजका अगुवाले कडा विरोध जनाएका छन् ।

सीमा क्षेत्रमा भारतीय ज्यादतीविरुद्ध कडा रुपमा संघर्ष गर्ने नेपालीलाई भारतीय प्रहरीले गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै नागरिक समाजका अगुवाहरुले उक्त कार्यको भत्र्सना गरेका छन् ।

पूर्वसचिव एवम् अनुसन्धानकर्ता द्वारिकानाथ ढुंगेल, सीमाविद बृद्धिनारायण श्रेष्ठ, पूर्वराजदूत एवम् परराष्ट्रविद हिरण्यलाल श्रेष्ठलगायत सीमा क्षेत्रका जानकार विभिन्न १४ जना नागरिक अगुवाले एक विज्ञप्ती जारी गर्दै देवनारायणको पक्राउको विरोध गरेका हुन् । 

देवनारायण पक्राउको विरोधमा मंगलवार दिउँसो साढे ३ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रम समेत आयोजना गरिन लागिएको छ । 


भारतीय सुरक्षाकर्मीद्वारा भएको देवनारायण यादवको गैरकानूनी गिरफ्तारीप्रतिगम्भीर ध्यानाकर्षण
(प्रेसविज्ञप्ति)



भारतले सप्तरीको सीमावर्ती क्षेत्रमा एकतर्फीरुपमा निर्माण गरेको कुनौलीलगायतका तटबन्धका कारण लाखौँँ नेपाली नागरिक बर्सेनि प्रताडित हुँदैआएका छन् । दशगजा क्षेत्र निर्मित गैरकानूनी कुनौली तटबन्धलाई भारतले गतवर्ष ९२०७३ साउनमा० विस्तार गर्न खोज्दा स्थानीय नेपाली जनता प्रतिकारमा उत्रेका थिए । गैरकानूनी भारतीय संरचना निर्माणविरुद्धको आन्दोलनको नेतृत्व स्थानीय देवनारायण यादवले गरेका थिए । अन्ततः नेपाली जनताको सशक्त प्रतिकारका कारण भारत उक्त संरचना निर्माणबाट पछि हटेको थियो ।

गतवर्ष यसरी कुनौली तटबन्धविरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनै देवनारायण यादव र उनका छोरा अजय यादवसहित तीन जना नेपाली नागरिकलाई भारतीय प्रहरीले गैरकानूनीरुपमा गिरफ्तार गरी अपहरणको झुठा मुद्दा चलाएको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । देवनारायण यादव र उनका छोराको भारतीय प्रहरीद्वारा भएको गैरकानूनी, अमानवीय र नेपालको सार्वभौमिकताविरोधी गिरफ्तारीप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ । साथै देवनारायण यादव र उनका छोरासहित सबैको विनाशर्त रिहाइको माग गर्दै यादवसहित उनका परिवारको पूर्ण सुरक्षाको प्रत्याभूमि दिलाउन नेपाल सरकारसँग हाम्रो विशेष अनुरोध छ ।

भारत सरकारको दादागिरि, हेपाहा, मिचाहा प्रवृत्ति र नेपाल सरकारको नालायकी र निरिहपनका कारण सीमा क्षेत्रका थुप्रै नेपाली नागरिकले ज्यान गुमाइसकेका छन् । भारतीय सुरक्षाकर्मीको अमानवीय ज्यादत्ति मेचीदेखि महाकालीसम्मका सीमा क्षेत्रका बासिन्दा निरन्तर भोग्दैआएका छन् । भारतीय सुरक्षाकर्मीबाट नेपाली जनता लुटिएका, कुटिएका, दशगजा मिचिएको, नेपाली भूमि भारतीय अतिक्रमणमा परेको समाचार निरन्तर आउने गरेका छन् । २०६७ फागुनमा बर्दियाको जमुनीका हर्कबहादुर शाहीलाई भारतीय सुरक्षाकर्मीैले बेपत्ता पारेको छ । २०६७ जेठ ११ मा मोरंगका वासुदेव साहको हत्या भारतीय सुरक्षाकर्मीबाट भएको छ । २०७० असोजमा भारतीय प्रहरीले अनधिकृतरुपमा बर्दिया गुलरियामा रहेको मञ्जुलकुमार श्रेष्ठको घरमा छापा मारेको छ । २०७२ मंसिरमा हतियारधारी १३ जना भारतीय सुरक्षाकर्मी गैरकानूनीरुपमा झापाको केचनामा प्रवेश गरेका छन् । २०७२ मंसिरमा भारतीय सुरक्षाकर्मी सुनसरीको भण्टाबारीमा प्रवेश गरी गोली चलाउँदा चारजना स्थानीय घाइते भएका छन् । २०७३ फागुनमा भारतीय सुरक्षाकर्मीले कन्चनपुरका गोविन्द गौतमको ज्यान लिएको छ । २०७३ वैशाखमा २०७४ पाँचजना हतियारधारी भारतीय सुरक्षाकर्मी डोटी पुगेका थिए भने २०७४ जेठमा भारतीय प्रहरीले डोटीबाटै स्थानीय लालबहादुर औजीलाई पक्राउ गरेको थियो । यो श्रृंखला अहिलेसम्म पनि रोकिएको छैन । पछिल्लोपटक भएको देवनारायण यादव र उनका छोराको गिरफ्तारी यही भारतीय ज्यादत्तिको निरन्तरता हो ।

अतः सीमा क्षेत्रका नेपाली नागरिकमाथि जारी नेपालको सार्वभौमिकताविरोधी भारतीय सुरक्षाकर्मीका यस्ता अमानवीय एवं गैरकानूनी हर्कत तत्काल रोक्न हाम्रो विशेष माग छ । यसतर्फ नेपाल सरकारले तत्काल भारत सरकार समक्ष विरोध जनाउनुका साथै क्षतिपूर्तिका लागि समेत विशेष पहल गरोस् ।

नाम हस्ताक्षर
१) डा. द्वारिकानाथ ढुंगेल, पूर्वसचिव एवं वरीष्ठ अनुसन्धानकर्ता
२) बुद्धिनारायण श्रेष्ठ, वरिष्ठ सीमाविद
३) हिरण्यलाल श्रेष्ठ, पूर्वराजदूत एवं परराष्ट्रविद
४) दीपक ज्ञवाली, पूर्वजलस्रोतमन्त्री एवं जलस्रोतविद
५) विहारीकृष्ण श्रेष्ठ, वरिष्ठ समाजशास्त्री एवं पूर्वअतिरिक्त सचिव
६) प्रा. डा. मोहनप्रसाद लोहनी, पूर्वराजदूत
७) प्रा. डा. सुरेन्द्र केसी, इतिहासकार
८) डा. जगत भुसाल, वरीष्ठ हाइड्रोलोजिष्ट
९) डा. प्रेमसिंह बस्यात, पूर्वसहायक रथी
१०) डा. भुवप्रसाद त्रिपाठी, प्राध्यापक
११) रघु घिमिरे, अभियन्ता
१२) आनन्दराम पौडेल, लेखकरविश्लेषक
१३) रतन भण्डारी, सीमारजलस्रोत अभियन्ता
१४) ऋषिराज लुम्साली, महाकाली सीमा अभियन्ता
१५) हरि चन्द, परराष्ट्रविद

salt training

कमेन्ट गर्नुहोस्