१० साउन २०८३, आइतबार

सरकार सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा लागेको छः  मुख्यमन्त्री शाह

पुस २१, २०८०
डोटी
सरकार सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा लागेको छः  मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न लागिपरेको बताएका छन् । 

नेपाल प्रेस युनियनले डोटीको दीपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले भने “सुशासन र भ्रष्टाचारका विषयमा कसैसँग सम्झौता हुँदैन । चाहे तल्लो तहको हुन् वा माथिल्लो तहका हुन् । सबैलाई समान व्यवहार गरिनेछ ।”

मुख्यमन्त्री शाहले प्रदेश संरचना कुनै व्यक्तिले चाहेर नबनेको बताए ।  प्रदेश संरचना खर्चिलो भयो भन्ने प्रश्नमा मुख्यमन्त्री शाहले भनेयो, “हिजो पनि कुनै न कुनै रूपमा यस्ता किसिमका सरकार निर्माण गर्ने, अधिकार दिने, कार्यान्वयन गर्ने कुरा भएका थिए, त्यतापट्टि फर्किएर हेर्नुभयो भने यो कुरा सामान्य देख्नुहुन्छ ।” उनले प्रदेश संरचना जनताका लागि र जनताले चाहेर निर्माण भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्