३० जेठ २०८३, शनिबार

राष्ट्रियसभाको भागबन्डामा आज होला सहमति ?

पुस २२, २०८०
काठमाडौं
राष्ट्रियसभाको भागबन्डामा आज होला सहमति ?

 राष्ट्रिय सभा निर्वाचनमा एक भएर जानका लागि  १९ सिटमा भागबण्डा मिलाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । बैठक आइतबार फेरि बस्नेछ । 

 प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटको विषयमा समान्य छलफल हुनुबाहेक ठोस सहमति जुट्न सकेकव थिएन । 

गठबन्धन दलबीच १९ सिटको भागबण्डा मिलाउन निरन्तर छलफल हुँदै आएपनि ठोस सहमति जुट्न सकेको छैन । बैठकपछि राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले भागबण्डाको विषयमा अझै सहमति जुटिनसकेको बताइन् । 

उनका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैलाई मिलाएर जान आफू तयार रहेको बताएका थिए । बैठकमा समग्र विषयमा छलफल भएपनि ठोस सहमति नभइसकेको उनको भनाइ छ । 

स्रोतका अनुसार गठबन्धनमा कांग्रेसले १० भन्दा बढी सिटमा दाबी गरेको छ भने माओवादीले पनि ७ सिटमा दाबी गरेको छ । यस्तै साना दलले पनि सोहीअनुसार दाबी गर्दा भागबण्डा मिलाउन सकस भइरहेको छ । 

गठबन्धनले नेकपा एमालेलाई समेत टीआरसीमा सहमत भएको खण्डमा सिट दिन सकिने बताएको भएपनि अन्ततः त्यो च्याप्टर बन्द भएको छ । एमालेले टीआरसीमा सहमत हुन नसक्ने जवाफ दिएपछि गठबन्धन दलबीचमात्रै भागबण्डा मिलाएर जानेबारे छलफल अघि बढेको हो । गठबन्धन एक भएर गएको खण्डमा एमालेले राष्ट्रियसभाका सबै सिट गुमाउने अवस्था छ । 

salt training

कमेन्ट गर्नुहोस्