१० साउन २०८३, आइतबार

सन् २०२४ मा अमेरिकासँगको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्दै चीन

पुस २२, २०८०
काठमाडौं
सन् २०२४ मा अमेरिकासँगको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्दै चीन

बेइजिङ–चीनको नागरिक उड्डयन प्रशासनले सन् २०२४ मा चीन र संयुक्त राज्य अमेरिकाबीचको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने दिशामा काम गरिरहेको शनिवार जनाएको छ।

विश्वका शीर्ष दुई अर्थतन्त्रहरूबीच नियमित, प्रत्यक्ष यात्रु उडानको सङ्ख्या प्रति हप्ता ६३ पुगेको छ भने आगामी दिनमा यसलाई थप विस्तार गर्ने योजनासमेत बनाइएको छ ।

साथै, सन् २०२४ मा चीनले ‘बेल्ट एण्ड रोड’ परियोजना जोडिएका देशहरूसँग हवाई ट्राफिक अधिकारको व्यवस्थालाई सक्रिय रूपमा विस्तार गर्नेछ र मध्य एसिया, मध्य पूर्व र अफ्रिकासँगको सहकार्यलाई अझ गहिरो बनाउने  उड्ड्यन प्रशासनले जनाएको छ ।

प्रशासनले भिसा र सीमा नियन्त्रण नीति सुधार गर्न र भन्सार क्लियरेन्स प्रक्रियालाई थप सहज बनाउन पनि काम गर्ने बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्