२३ जेठ २०८३, शनिबार

लमजुङमा साम्बालाई सम्मान

पुस २२, २०८०
काठमाडौं
लमजुङमा साम्बालाई सम्मान
फाइल तस्वीर ।

लमजुङ–‘साम्बा’ नामले परिचित नेपाली महिला राष्ट्रिय फूटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी सम्मानित भएकी छिन् ।  

बेँसीशहर नगरपालिका–७ सहजी खेलमैदानमा जारी ३१औँ त्रिवेणी कपको समापन कार्यक्रममा शनिवार भण्डारीलाई त्रिवेणी युवा क्लबले सम्मान गरेको हो । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगद २० हजार, दौसल्ला ओढाएर साम्बालाई सम्मान गरे । लमजुङ जिल्लामा जन्मेर जिल्ला र देशको नाम अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सफल भएकाले उनलाई सम्मान गरिएको क्लबका सचिव प्रविण वाग्लेले बताए । 

गृह जिल्लामा सम्मानित हुन पाउँदा खुसी लागेको फूटबल खेलाडी भण्डारीले बताइन् । यस्ता सम्मानले अझै राम्रो र निरन्तरण खेल्न पे्ररणा मिल्ने उनको भनाइ छ ।

तत्कालीन सिम्पानी गाविस–७ पामचोकमा हाल मस्र्याङ्दी गाउँपालिका–९ मा जन्मिएकी भण्डारीले यसअघि जिल्लाका विभिन्न ठाउँबाट सम्मान प्राप्न गरेकी छिन् । 

भण्डारी हाल सशस्त्र प्रहरी बल क्लबमा आबद्ध छिन् । 

salt training

कमेन्ट गर्नुहोस्