२३ जेठ २०८३, शनिबार

१८ वर्षीय टर्कीस खेलाडीको रियलबाट सुखद ‘डेब्यू’

पुस २२, २०८०
काठमाडौं
१८ वर्षीय टर्कीस खेलाडीको रियलबाट सुखद ‘डेब्यू’

१८ वर्षीय युवा खेलाडी अर्डा गुलेरले विश्वकै सबैभन्दा प्रतिष्ठित र सफल फूटबल क्लब रियल म्याड्रिडको टोलीमा ‘डेब्यू’ गरेका छन् ।

युवा खेलाडी गुलेर यसै वर्ष आफ्नै देश टर्कीको क्लब फेनेरबाहचेबाट स्पेनिस क्लब रियल आएका हुन् । गएराति कोपा डेल रेअन्तर्गतको अरान्डिनाविरुद्धको खेलमा उनले रियलको टोलीबाट शुरूवाती ११ मा मौका पाएका थिए । पहिलो खेल नै उनले जीतबाट शुरू गरेका छन् ।

null

सो खेल रियलले ३–१ गोल अन्तरले जितेको थियो । रियलका लागि जोसेलु, ब्राहिम डियाज र रोड्रिगोले गोल गरेका थिए । 

यस्तै रियलका कप्तान नाचोले आत्मघाती गोल गर्न पुगेका थिए ।

१८ वर्ष मात्र भएका टर्कीस खेलाडी गुलेरका लागि सर्वाधिक १४ पटकको च्याम्पियन्स लिग विजेता रियलमा ‘डेब्यू’ गर्नु ठूलो सफलता हो । 

  
 

salt training

कमेन्ट गर्नुहोस्