०८ साउन २०८३, शुक्रबार

प्रभु साह नेतृत्वको आजपाले गर्‍यो तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

पुस २२, २०८०
काठमाडौं
प्रभु साह नेतृत्वको आजपाले गर्‍यो तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा
फाइल तस्वीर ।

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेको छ । आजपाले आइतवार तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । 

भन्सार निवमावलीमा रहेको कमिसनसम्बन्धी व्यवस्था हटाउन माग गर्दै आजपाले आन्दोलन गर्दै आएको छ । जसअनुसार पहिलो र दोस्रो चरण गरी करिब ४ महिना आन्दोलन गरिसकेको आजपाले तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । 

यसैबीच पार्टी अध्यक्ष साहले पुष २७ गते राजस्व नीतिबारे अर्थ विज्ञहरूसँग काठमाडौंमा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको जानकारी दिए । 

यस्तै पौष २५ देखि माघ १० गतेसम्म सीमाक्षेत्रका स्थानीय तहहरूमा भेला, अन्तरक्रिया तथा संघर्ष समिति गठन तथा माघ ६ गते भन्सार नीतिबारे राजनीतिक दल तथा सांसदहरूसँग छलफल गर्ने कार्यक्रम रहेको साहले बताए ।

यसैगरी माघ ११ देखि १९ गतेसम्म तराईका जिल्ला सदरमुकाममा सर्वपक्षीय भेला तथा मोटरसाइकल  र्‍याली गर्ने तय भएको छ ।

यसैगरी ⁠माघ १३ गते काठमाडौंमा मोटरसाइकल  र्‍याली गर्ने र माघ २१ गतेदेखि अनिश्चितकालसम्म भन्सार विभाग तथा जिल्लाका भन्सार कार्यालयहरू घेराऊ गर्ने कार्यक्रम तय भएको अध्यक्ष साहले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्