०३ असार २०८३, बुधबार

स्याङ्जाको मालुङ्गामा नेपाल टेलिकमको एफटीटीएच सेवा

पुस २२, २०८०
काठमाडौं
स्याङ्जाको मालुङ्गामा नेपाल टेलिकमको एफटीटीएच सेवा
फाइल फोटो

नेपाल टेलिकमले स्याङ्जाको मालुङ्गाबजार र आसपास क्षेत्रलाई समेट्ने गरी उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट (एफटीटीएच) सेवाको विस्तार गरेको छ ।

उक्त सेवामार्फत मालुङ्गा क्षेत्र वरपर रहेका स्वास्थ्य चौकी, क्याम्पस, स्कूल तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरूले अब उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट निर्वाध रुपमा चलाउन सक्ने छन् ।​​​​

एफटीटीएच सेवाअन्तर्गत २५ एमबीपीएसदेखि १ जीबीपीएस स्पिड क्षमतासम्मको एक्सजीपोन प्रविधिमा आधारित विश्वसनीय फाइबर सेवा विस्तार गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख इन्दल यादवले बताए । 

मालुङ्गा बजार गल्याङ नगरपालिका वडा नं.१ अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरूमा नेपाल टेलिकमको हाइस्पिड ब्रोडब्याण्ड सेवाबाट वञ्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख राकेश चौधरीले बताए ।

त्यसै गरी, हाल वितरण गरिएको एनटीफाइबर सेवा मार्पmत एउटै सरकारी दरमा ब्रोडब्याण्ड इन्टरनेट, टेलिभिजन, पीएसटीएन, तथा मोबाइल डाटासमेत प्राप्त गर्न सकिने भएकोले यसलाई 'फोर इन वन' भनेर समेत चिनिने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए ।

उनका अनुसार यो सेवामार्फत अनलिमिटेड इन्टरनेटका साथै अनलिमिटेड भवाइस् सेवा समेत प्राप्त गर्न सकिने छ ।​​

एफटीटीएच सेवामा गुणस्तरीयता र विश्वसनियता दुवै रहेकाले गल्याङ कार्यालयमार्फत करिब १३ किलोमिटर परको दुरीमा विस्तार गरि प्रथम पटक मालुङ्गामा ल्याण्डलाइन सेवा ल्याइएको वडा अध्यक्ष मणिप्रसाद बस्यालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्