०५ साउन २०८३, मंगलबार
राष्ट्रिय सभा निर्वाचन

देउवासँग कुरा नमिलेपछि शेखर-गगन पक्ष छुट्टै छलफलमा

पुस २२, २०८०
काठमाडौं
देउवासँग कुरा नमिलेपछि शेखर-गगन पक्ष छुट्टै छलफलमा

राष्ट्रिय सभामा संस्थापनसँग भागबन्डा नमिलेपछि कांग्रेसको संस्थापनइतर पक्ष छुट्टै छलफलमा जुटेको छ ।

सत्ता गठबन्धनमा १० सिट लिने समझदारी भए पनि आफूहरूलाई कम सिट दिन खोजेकोमा असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर पक्ष छुट्टै छलफलमा जुटेको हो । 

सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा संस्थापन इतरले ४ सिट मागेको थियो ।

तर देउवा तयार नभएको बुझिएको छ । 

संस्थापनले आफू निकटका नेतालाई उम्मेदवार बनाउन गठबन्धनमा क्लस्टर मिलाएको विषयमा पनि शेखर-गगन पक्ष असन्तुष्ट रहेको नेताहरू बताउँछन् ।

इतर पक्षको छलफलमा डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी, अर्जुननरसिंह केसीसहितका नेता सहभागी छन् । ​

आजै १ बजे कार्यसम्पादन समितिको बैठक बसेर उम्मेदवार छनोट गर्ने भनिए पनि आन्तरिक भागबन्डा नमिल्दा बैठक बस्न ढिलाइ भइरहेको छ ।

१ बजेको बैठक ४ बजेलाई सारिए पनि फेरि प्रभावित हुने देखिएको छ ।

पार्टी केन्द्रीय समितिको बैठकले यसअघि अवसर नपाएकालाई अवसर दिने, चुनाव हारेकालाई प्राथमिकता नदिने निर्णय केन्द्रीय समितिको बैठकले गरेको थियो ।

तर संस्थापनले पराजित अनुहार र अवसर पाएकालाई बनाउन उम्मेदवार बनाउन खोजेपछि शेखर गगन पक्ष असन्तुष्ट बनेको हो ।

salt training

कमेन्ट गर्नुहोस्