२९ असार २०८३, सोमबार
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन अन्तरक्रिया

लोकान्तर समाचार उद्धृत गर्दै अख्तियार प्रमुख राईले भने- ज्यान मार्ने लाइसेन्स वितरण रोक्नै पर्छ

पुस २२, २०८०
बुटवल
लोकान्तर समाचार उद्धृत गर्दै अख्तियार प्रमुख राईले भने- ज्यान मार्ने लाइसेन्स वितरण रोक्नै पर्छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले भ्रष्टाचार र अनियमितताबाट सबैभन्दा बढी विकृति यातायात कार्यालयमा देखिएको बताएका छन् ।​​

आइतवार दाङको भालुवाङमा 'भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन' सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रमुख राईले सबै प्रदेशका यातायात कार्यालयमा ठूलो विकृति देखिएको बताए ।

‘सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणले भोलि भयावह स्थिति हुन्छ, हामीले मान्छे मार्ने लाइसेन्स दिएका छौ’, राईले भने, ‘आफू पनि मर्छन् अरूलाई पनि मार्छन्, त्यो खाले ज्यान मार्ने लाइसेन्स दिइरहेका छौं । त्यसलाई रोक्नुपर्ने मैले देखेको छु ।’​

लोकान्तर डटकमले देशैभरिको समस्या देखाएर समाचार लेखेको थियो । 'लाइसेन्ससम्बन्धी लोकान्तरको समाचारलाई सकारात्मक ऊर्जाको रुपमा लिँदै त्यसलाई सुधार गर्नतर्फ लाग्नुपर्छ’, उनले थपे ।

salt training

कमेन्ट गर्नुहोस्