०७ असार २०८३, आइतबार

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा कति छन् मतदाता र मतभार ?

पुस २२, २०८०
काठमाडौं
राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा कति छन् मतदाता र मतभार ?
फाइल फोटो

निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको लागि सातै प्रदेशका मतदाताको संख्या र मतभार सार्वजनिक गरेको छ । 

प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने निर्वाचनमा आयोगले आइतवार सातवटै प्रदेशका मतदाता र मतभार सार्वजनिक गरेका हो । 

निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतवार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन भएको आयोगले जनाएको छ । 

राष्ट्रिय सभा सदस्यको लागि प्रदेश सभा सदस्यको प्रतिसांसद मतभार ५३, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका प्रतिमतदाता मतभार १९ रहेको छ । 

आगामी माघ ११ गते १९ सिटका लागि यिनै मतदाता गर्ने निर्वाचनको मतभारबाट निर्वाचन परिणाम आउनेछ । 

कोशीमा ३६७ मतदाता, १०१३५ मतभार

प्रकाशित नामावलीअनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या ९३ छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २७४ छ । यी दुवैतर्फ गरी कोशीमा जम्मा ३६७ जना मतदाता कायम भएको आयोगले जनाएको छ । 

कोशीमा प्रदेश सभा सदस्यको मतभार ४९२९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५२०६ रहेको छ । दुवैको गरी कोशीमा जम्मा १०१३५ मतभार रहेको आयोगले जनाएको छ । 

मधेसमा ३७४ मतदाता, १०७४४ मतभार

मधेश प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २६७ रहेको छ । निर्वाचनमा दुवैको गरी ३७४ जना मतदाता रहेका छन् । 

मधेस प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५६७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५०७३ मतभार छ । यी दुवैको गरी मधेसमा जम्मा १०७४४ मतभार रहेको छ । 

बागमतीमा ३४७ मतदाता, १०३३३ मतभार 

बागमती प्रदेशमा प्रदेश सभा सदस्यतर्फको ११० मतदाता छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाताको संख्या २३७ छ । दुवैमा गरी बागमतीमा ३४७ जना मतदाता छन् । 

प्रदेश सभा सदस्यको मतभार ५८३० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४५०३ छ । जसको जम्मा मतभार १०३३३ रहेको आयोगले जनाएको छ । 

गण्डकीमा २३० मतदाता, ६४१० मतभार 

गण्डकी प्रदेशमामा प्रदेश सभा सदस्य ६० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या १७० छ । जहाँ कुल मतदाता २३० जना छन् ।

गण्डकीमा प्रदेश सभा सदस्यको मतभार ३१८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३२३० छ । जसको कुल मतभार ६४१० छ । 

लुम्बिनीमा मतदाता ३०५, मतभार ८७५३

लुम्बिनीमा प्रदेश सभा सदस्य तर्फको ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फका मतदाता २१८ जना छन् ।  जसमा कुल मतदाताको संख्या ३०५ रहेको छ । 

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४६११ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४१४२ रहेको छ । जसमा जम्मा ८७५३ मतभार कायम छ । 

कर्णालीमा १९६ मतदाता, ५०८४ मतभार

कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यतर्फ मतदाता ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता १५६ जना छन् । जसको कुल संख्या  १९६ जनाको छ । 

यो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २१२० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार २९६४ रहेको छ । जसको कुल मतभार ५०८४ छ ।

सुदूरपश्चिममा २२८ मतदाता, ६१०० मतभार

सूदुरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ रहेको छ । जसको कुल संख्या २२८ छ ।

प्रदेश सभा सदस्यको मतभार २७५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार ३३४४ रहेको जसको जम्मा ६१०० मतभार रहेको छ ।

कमेन्ट गर्नुहोस्