
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले संघको संजाल सय देशमा विस्तार गरिने बताएका छन् ।
आइतवार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले संघको सञ्जाल ८७ देशमा पुगिसकेको र त्यसलाइ विस्तार गरि सय देशमा पुर्याउने लक्ष्य रहेको बताएका हुन्।
त्यसैगरि अध्यक्ष डा. केसीले १० अर्वको लगानी भएको संरचना खडा भइसकेको बताउंदै सञ्चालनका लागि पहल गरिने बताए ।
गैरआवासीय नेपाली संघले आज युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका, मध्येपूर्व लगायतका संघका ६ वटै क्षेत्रमा एउटै जुममार्फत कार्यक्रम गरि शुभकामना आदानप्रदान सहित विभिन्न सांगीतिक प्रस्तुती समेत गरेको थियो ।