
राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराएका छन् । सोमबार बिहान निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उनले मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् ।
उनीसँगै नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले पनि मनोनयन दर्ता गराएकी हुन् ।
कांग्रेसले कोशीबाट उनलाई उम्मेदवार बनाएको हो ।