२९ जेठ २०८३, शुक्रबार

पुस २४ देखि २६ सम्म सुजुकीको 'विन्टर फ्री सर्भिस'

पुस २३, २०८०
काठमाडौं
पुस २४ देखि २६ सम्म सुजुकीको 'विन्टर फ्री सर्भिस'

सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले विन्टर फ्री सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता मोटोकर्पले पुस २४ देखि २६ गतेसम्म क्याम्पको आयोजना गर्ने भएको हो ।

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले सुजुकी ग्राहकलाई यसबारे जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न क्याम्प संचालन हुन लागेको कम्पनीले जनाएको छ ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ग्राहकहरूले लक्की ड्र मार्फत वर्षभरिको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जीत्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले नि:शुल्क एसी र हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् ।

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ग्राहकले ५० प्रतिशत छुट पाउउने कम्पनीले जनाएको छ । 
पाट्र्स र एसोसरिजमा समेत १० प्रतिशत छुट पाइने छ भने लेवर चार्जमा पनि २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।

सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरि सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्