
निर्देशक दिनेश राउतको आगामी फिल्म ‘पुजार सार्की’को वर्कशप सुरु गरिएको छ ।
वर्कशपमा फिल्मका शीर्ष अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह जोडिएका छन् । त्यस्तै, अभिनेत्रीहरू अन्जना बराइली र परीक्षा लिम्बु पनि वर्कशपमा सहभागी छन् ।
फिल्मको छायांकन सुरु गर्नुभन्दा केही साता अगाडि वर्कशप राखिएको हो । माघको पहिलो साताबाट फिल्मको छायांकन सुरु गर्ने तयारी छ ।
विकास सुवेदीले लेखन रहेको यो फिल्मको निर्माता सुवास भुसाल हुन् ।
स्टार अभिनेताबीच सहकार्य हुन लागेको यो फिल्मलाई निकै चासोका साथ हेरिएको छ ।