२३ असार २०८३, मंगलबार

'अकुत' सम्पत्ति आर्जन गरेको आरोपमा मकवानपुरका वन अधिकृत कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा

पुस २३, २०८०
काठमाडौं
'अकुत' सम्पत्ति आर्जन गरेको आरोपमा मकवानपुरका वन अधिकृत कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत (अधिकृत दशौं तह) दीर्घनारायण कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

१ करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ ५५ पैसा भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार उनी सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ जेठ २ गतेदेखि २०७८ फागुन १२ सम्मको आम्दानी र खर्चको विवरण हेर्दा १ करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ ५५ पैसाको स्रोत खुलेको थिएन ।​​​

गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको कसुरमा सोही बराबरको बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी आयोगले गरेको छ ।

साथै, कोइरालाले श्रीमती गीता पौडेल कोइरालाको नाममा जग्गा खरिद, घर निर्माण तथा बैंक खातामा रकम मौज्दात गरेकाले गीतालाई पनि प्रतिवादी बनाएको छ । 

श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गर्न गीतालाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्