
क्षेत्रीय निर्देशक एमएस राजामौलीले निर्देशन गरेको चलचित्र बाहुबलीको ऐतिहासिक सफलताले उनलाई राष्ट्रिय स्तरमा आफूलाई चिनाइसकेका छन् ।
बाहुबलीले बक्स अफिसमा लगभग ६ सय करोड कमाएको थियो । बाहुबली २ यस बर्ष रिलिज हुँदैछ । भर्खरै मात्र यस चलचित्रको सुटिङ सकिएको समाचार आएको छ ।
बाहुबली २ को रिलिजसँगै यो चलचित्रले आकाश छुने आँकलन समीक्षकले गरेका छन् । बलिउड उद्योग यी निर्देशकसँग काम गर्नका लागि आतुर भएको भारतीय सञ्चार माध्यमले जनाइरहेका छन् ।
निर्देशक राजामौली पनि यो बारेमा सोचिरहेका छन् । राजामौलीलाई रणवीर कपूर राम्रो लाग्छन् तर उनी व्यावसायिक चलचित्र बनाउनका लागि सलमान खान उनका चलचित्रमा हुने सम्भावना छ ।