
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी दिन सकिने भएको छ । हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझगरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ ।
माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ । निर्वाचनका लागि विभिन्न दलका ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।