०४ असार २०८३, बिहीबार

चितुवाको आक्रमणबाट १३ बर्षीया बालिकाकाे मृत्यु

कात्तिक २०, २०७४
चितुवाको आक्रमणबाट १३ बर्षीया बालिकाकाे मृत्यु

अर्घाखाँची, १७ असोज (रासस) : सन्धिखर्क नगरपालिका, कुर बेंहोरेबाट सोमबार साँझ चितुवाले लगेको बालिका १३ घण्टापछि मृतावस्थामा फेला परेकी छन् ।

सन्धिखर्क नगरपालिका–२ बेंहोरेका अशोक नेपालीकी सात वर्षीया छोरी प्रतीक्षालाई चितुवाले आक्रमण गरी लगेको थियो ।

आज बिहान करिब ८ बजे बेंहोरेकोे जंगलमा बालिकाको शव फेला परेको हो । तीन वर्षमा चितुवाको आक्रमणबाट १२ बालबालिकाको ज्यान गइसकेको छ । सो चितुवाको पहिचान गरी मार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई निर्देशन दिएको प्रजिअ खिमराज भुसालले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्