काठमाडौंको जडीबुटीस्थित एक घरमा आगलागी भएको छ । जडीबुटीको एक मसाज सेन्टरमा गएराति आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति नै आगो नियन्त्रणमा आएको थियो । बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
क्षतिको यकिन विवरण आइसकेको छैन ।