१० असार २०८३, बुधबार

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल हुम्लामा

पुस २४, २०८०
काठमाडौं
सशस्त्र प्रहरी महानिरीक्षक अर्याल हुम्लामा

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल युनिट निरीक्षणको क्रममा हुम्लास्थित नेपाल-चीन सीमामा तैनाथ बोर्डर आउट पोष्ट हिल्सा पुगेका छन् । ​

आइतवार सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्ला पुगेका महानिरीक्षक अर्यालले गुल्म र मातहत बीओपी हिल्साको निरीक्षण गरेका हुन् । साथै सो बीओपीको जिम्मेवारी क्षेत्रको बारेमा समेत उनले जानकारी लिएका थिए।

सोही दिन महानिरीक्षक अर्यालले डोल्पामा तैनाथ नं. ४६ गुल्मको समेत निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा उनले कार्यरत फौजलाई उच्च मनोबल लिएर हिमाल जस्तै अटल र निर्भिकताका साथ कर्तव्य पूरा गर्न समेत निर्देशन दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्