१९ असार २०८३, शुक्रबार
दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु

अछामबाट बर्दिया आउँदै गरेको मोटरसाइकल कर्णालीमा खस्यो, श्रीमान-श्रीमतीको मृत्यु

पुस २६, २०८०
काठमाडौं
अछामबाट बर्दिया आउँदै गरेको मोटरसाइकल कर्णालीमा खस्यो, श्रीमान-श्रीमतीको मृत्यु

कैलालीको चिसापानी-कुइने सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । गएराति भएको दुर्घटनामा अछामको पञ्चदेव विनायक नगरपालिका-१ का अन्दाजी ३८ वर्षीय खकेन्द्र ढकाल र उनकी ३४ वर्षीया श्रीमती मैसरा तिमिल्सेनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार अछामबाट बर्दिया आउने क्रममा मोहन्याल गाउँपालिका-७ हावा लाग्ने डाँडामा भे १३ प १०७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । ‍मोटरसाइकल अन्दाजी तीन सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । 

मृतकको शव पोस्टमार्टमका लागि टिकापुर अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्