२२ जेठ २०८३, शुक्रबार

क्याटालोनिया स्वतन्त्रता पक्षधरहरूद्वारा बार्सिलोना बन्द

कात्तिक २०, २०७४
क्याटालोनिया स्वतन्त्रता पक्षधरहरूद्वारा बार्सिलोना बन्द

काठमाडौं, १७ असोज — स्पेनबाट छुट्टिएर बेग्लै क्याटालोनिया राज्य बनाउनका लागि भएको जनमत संग्रहका क्रममा स्पेनी प्रहरीले गरेको दमनको विरोधस्वरूप मंगलवार बार्सिलोना ठप्प पारिएको छ ।


मेट्रो स्टेसन बन्द रहे, मुख्य सडकहरूमा धर्ना दिइयो र सरकारी कर्मचारीहरूले काम छोडेर हिँडे ।

आमहडतालका कारण सार्वजनिक क्षेत्र, यातायात र आधारभूत सेवाहरू प्रभावित भए ।

बार्सिलोनाका मेट्रो स्टेसनहरू प्रायः व्यस्त नै रहन्छन् तर सेवा ठप्प हुँदा ती पनि खाली देखिए ।

बार्सिलोनाको बोकेरिया बजार प्रायः शून्य थियो ।

क्याटालोनियाका स्वतन्त्रता पक्षधर समूह तथा ट्रेड युनियनहरूले मंगलवार आमहडताल घोषणा गरेका हुन् ।

आइतवार भएको प्रतिबन्धित जनमत संग्रहमा स्पेनी प्रहरीले जबर्जस्ती मतदान केन्द्रहरू बन्द गराउन खोजेको थियो । स्पेनको संवैधानिक अदालतले जनमत संग्रहमाथि प्रतिबन्ध लगाएको थियो ।

स्पेनी प्रहरीले लट्ठी घुमाएको अनि शान्तिपूर्ण तरिकाले मतदान गरिरहेका मतदातालाई रबरको गोली हानेको दृश्यको सर्वत्र निन्दा भएको थियो । युरोपेली संघले मड्रिड र बार्सिलोनाबीचको गतिरोध अन्त्य गर्न आह्वान गरेको छ ।

आइतवार प्रधानमन्त्री मारिआनो राजोएले मतदान असफल भएको बताएका थिए भने क्याटालान नेता कार्लेस पुइग्देमोन्तले स्वतन्त्रता प्रक्रियालाई अघि बढाइरहने प्रतिबद्धता जनाएका थिए । लाखौं मानिसले स्वतन्त्रताका पक्षमा मतदान गरेको उनको भनाइ थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्