काठमाडौं १७ असोज– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेलको घोषणा सभा शुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई लगायतका नेताहरु उपस्थित छन् ।
माओवादी, एमाले र नयाँ शक्तिबीच भएको सहमति पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।