काठमाडौं १७ असोज– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेलको घोषणा सभा चलिरहेको छ ।

काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई लगायतका नेताहरु उपस्थित छन् ।
कार्यक्रमको उद्घोषण एमाले उपमहासचिव विष्णु पौडेलले गरेका छन भने, दलहरुबीच भएको सहमति पत्रको माओवादी केन्द्रका नेता जनार्दन शर्माले सहमतिपत्रको बाचन गरेका छन् ।