०७ असार २०८३, आइतबार

राजुको ‘ईश्वर’मा सुनील र पृथ्वीराज फाइनल

पुस २६, २०८०
काठमाडौं
राजुको ‘ईश्वर’मा सुनील र पृथ्वीराज फाइनल

राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘ईश्वर’को निर्माण घोषणा केही समय पहिले गरिएको थियो । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने फिल्मको मुख्य भुमिकामा अभिनेता पृथ्वीराज प्रसाई र सुनील थापा अनुबन्धित भएका छन् । 

फिल्म माघ २८ गतेबाट फ्लोरमा जाँदैछ । 

फिल्ममा यसअघि नै कलाकारको रुपमा शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, सविन बास्तोला र गीता अधिकारी फाइनल भइसकेका छन् । 

केही दिन अगाडि घोषणा भएको फिल्मको अहिले कलाकार छनोट भइरहेको छ । दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा एवं संवाद भोजराज देवकोटाले तयार गरेका छन् । 

हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुमागाईँको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

कमेन्ट गर्नुहोस्