०९ साउन २०८३, शनिबार

फिल्ममा पहिलोपटक सहकार्य गर्दै प्रदीप खड्का र आना शर्मा

पुस २६, २०८०
काठमाडौं
फिल्ममा पहिलोपटक सहकार्य गर्दै प्रदीप खड्का र आना शर्मा

निर्माणको तयारीमा रहेको फिल्म ‘एक्टर’को अभिनेत्रीका आना शर्मा फाइनल भएकी छन् । 

निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी सम्झौता भइसकेको छ । यो फिल्मको शीर्ष भूमिकामा अभिनेता प्रदीप खड्काले अभिनय गर्दैछन् । 

आनाले फिल्म साइन गरेसँगै प्रदीप र आनाको जोडी पहिलो पटक दर्शकमाझ आउने पक्का भएको हो ।

फिल्मलाई लिएर आफू निकै नै उत्साहित रहेको आनाले बताएकी छन् । एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैं नै लालायित हुने गरेको उनको भनाई छ । प्रदीप र आनाको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने विश्वास लिन सकिन्छ । 

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुने फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् । 

फिल्मको छायांकन केही महिनामा सुरु हुने जनाइएको छ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । 

फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्