×

NMB BANK
NIC ASIA

बलात्कार प्रकरणले तहसनहस भयो सन्दीपको करियर

काठमाडाैं | पुस २७, २०८०

NTC
Premier Steels

क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीबाट अलग भएका छन् । बलात्कार मुद्दामा दोषी ठहर भई सजायसमेत तोकिएपछि उनले राष्ट्रिय टोलीबाट अलग भएको घोषणा गरेका हुन् ।  नेपाल क्रिकेट संघ (क्यान)लाई एक पत्र लेख्दै लामिछानेले आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी दिएका छन् । 

Muktinath Bank

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेर लेखिएको पत्रमा सन्दीपले आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरेका छन् । बलात्कार मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई आठ वर्षको जेल सजाय सुनाएको छ । उनले बलात्कार मुद्दामा जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने बताइसकेका छन् ।
बलात्कार मुद्दामा दोषी ठहर भई राष्ट्रिय टोलीबाट अलग भएका सन्दीपले यसअघि छोटो समयमै ठूलो उपलब्धी हासिल गरेका छन् । सन्दीपले हालसम्म कुनै पनि नेपाली खेलाडीले नपाएको सफलता प्राप्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०५७ सालमा स्याङ्जाको एउटा मध्यम परिवारमा जन्मिएका सन्दीपले कलिलै उमेरमा क्रिकेट जीवनको लामो यात्रा तय गरे । छोटो यात्रामा उनले  ‘विश्व रेकर्ड’हरू पनि राखे ।


Advertisment
Nabil box
Kumari

सन्दीप छोटो समयमै अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा स्थापित नेपाली क्रिकेटर हुन् । विश्वकै चर्चित लिग इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने उनी एक मात्र नेपाली खेलाडी हुन् । 

Vianet communication

२०१८ मै उनले क्यारेवियन प्रिमियर लिग, ग्लोबल टी-ट्वान्टी क्यानाडा, बीग बास लिग तथा बंगलादेश प्रिमियर लिग खेल्ने अवसर पाए । सन् २०१९ मा पाकिस्तान सुपर लिगका लागि छनोट भए । 

५० ओभरको फर्म्याटमा कम खेलमा सय विकेट लिने सन्दीप पहिलो बलर हुन् । एकदिवसीयमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान उनको नाममा छ । उनले ४२ खेलमा सय विकेट पूरा गरेका थिए ।
५२ अन्तर्राष्ट्रिय टी–२० मा उनले ९८ विकेट हात पारेका छन् ।

चितवनमा एकेडेमीबाट क्रिकेट खेल्न शुरू गरेका सन्दीपले राष्ट्रिय टोलीमा स्थान मात्रै बनाएनन्, टोलीको कप्तानसम्मको जिम्मेवारी पाए । २०१८ मा वेष्ट इण्डिजविरुद्ध खेल्दै उनले टी–२० आईमा डेब्यु गरेका थिए । एक दिवसीयमा भने २०१८ को अगष्टमा नेदरल्याण्डविरुद्ध खेल्दै डेब्यु गरेका थिए ।  

उनी नेपाली क्रिकेट टोलीको कप्तानसमेत रहे । सन् २०७८ मा नेपाल किकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई कप्तानमा नियुक्त गर्दा उनी २१ वर्षका थिए । तत्कालीन कप्तान ज्ञानेन्द मल्ललाई पदमुक्त गर्दै क्यानले सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको थियो। 

२०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरूद्ध बलात्कारको जाहेरी दर्ता हुँदा उनी नेपाली टोलीको कप्तान थिए । त्योबेला उनी क्यारेबियन लिग खेल्न जमैका पुगेका थिए ।

असोज २० गते सामाजिक सञ्जालमार्फत् जानकारी गराएरै सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । त्यहीँबाट प्रहरीले उनलाई समातेको थियो । 

उनले हासिल गरेको सफलता ग्राफ आफैँमा निकै लोभलाग्दो थियो । उमेरले २३ वर्ष लागेका सन्दीपको क्रिकेट ‘करिअर’मा अब भने 'ब्रेक' लाग्ने भएको छ ।

छोटो समयमै नाम र दाम दुवै कमाइरहेका उनको करिअर अहिले करिब समाप्तिको बिन्दुमा छ । आफ्नै कारण २३ वर्षकै उमेरमै उनको करिअर समाप्तितिर पुगेको छ । उनी शिखरबाट सिधैं पिँधमा पुगेका छन् । उसो त उनलाई क्यानले पनि बिहीबार नै निलम्बन गरिसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x