२० असार २०८३, शनिबार

उजुरी खारेज, ५२ जनाकै उम्मेदवारी कायम

पुस २७, २०८०
काठमाडौं
उजुरी खारेज, ५२ जनाकै उम्मेदवारी कायम

 राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका सबै जनाको उम्मेदवारी कायम भएको छ। सात वटा प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गरेको हो।

निर्वाचन आयोगका प्रबक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ५२ जनाकै उम्मेदवारी कायम भएको जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालयले दाबी विरोधका लागि सूचना आह्वान गर्दा सुदूरपश्चिम प्रदेशमा अपाङ्गता भएका वा अल्पसख्यकतर्फ उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा दलिततर्फ उम्मेदवारी दिएका विष्णुबहादुर बिकको बिरोधमा उजुरी परेको थियो ।
आयोगका प्रवक्ता पौडेलले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयले दुवै उजुरी सम्बन्धमा छानबिन गरेपछि उम्मेदबारी कायम रहने निर्णय गरेको बताए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्