
अमेरिका र बेलायतले हुथी विद्रोहीको अखडामा आक्रमण गर्न थालेका छन् । जसले लाल सागर हुँदै जाने जहाजलाई निशाना बनाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यमनको राजधानी साना, सादा र धामार शहरका साथै होदेइदाह प्रान्तमा आक्रमण भएको छ । एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले यी आक्रमणहरू विमान, जहाज र पनडुब्बीबाट गरिएको बताएको छ।
अमेरिका र बेलायतको आक्रमणको पुष्टि गर्दै एक हुथी अधिकारीले यसलाई 'अमेरिकी-यहूदी-ब्रिटिश आक्रमण' भनेका छन् ।
गाजामा इजरायलको आक्रमणबाट आक्रोशित हुथी विद्रोहीहरूले विगत केही हप्तादेखि लाल सागर हुँदै जाने जहाजहरूलाई निशाना बनाउँदै आएका थिए । त्यसपछि पहिलो पटक इरान समर्थित संगठनविरुद्ध कारबाही गरिएको हो ।
आक्रमणहरू शुरू भएपछि साउदी अरेबियाले अमेरिका र उसका सहयोगीहरूलाई संयम अपनाउन आग्रह गरेको छ। साउदी अरेबियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देश यी आक्रमणबाट चिन्तित रहेको र स्थितिको निगरानी गरिरहेको जनाएको छ ।