२३ जेठ २०८३, शनिबार

बार्सिलोना सुपर कपको फाइनलमा, उपाधिका लागि रियल मड्रिडको सामना गर्ने

पुस २७, २०८०
काठमाडौं
बार्सिलोना सुपर कपको फाइनलमा, उपाधिका लागि रियल मड्रिडको सामना गर्ने

बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा ओसासुनालाई २-० ले पराजित गर्दै बार्सिलोना फाइनलमा पुगेको हो । 

बार्सिलोनालाई जीत दिलाउन रोबर्ट लेवन्डोस्की र लामिन यामलले गोल गरे ।

आइतबार हुने फाइनलमा बार्सिलोनाले रियल मड्रिडको सामना गर्ने छ । एट्लेटिको मड्रिडलाई ५-३ ले हराउँदै रियल फाइनलमा पुगेको थियो।

पछिल्लो सिजनको फाइनलमा पनि रियल र बार्सिलोनाबीच प्रतिस्पर्धा भएको थियो। जसमा बार्सिलोना विजयी भएको थियो । बार्सिलोना कीर्तिमान १४ पटकको सुपरकप विजेता टोली हो ।

salt training

कमेन्ट गर्नुहोस्