१७ असार २०८३, बुधबार
राष्ट्रिय सभा निर्वाचन

राप्रापाका निरञ्जनकुमार थापाले फिर्ता लिए राष्ट्रिय सभाको उम्मेदवारी

पुस २७, २०८०
बुटवल
राप्रापाका निरञ्जनकुमार थापाले फिर्ता लिए राष्ट्रिय सभाको उम्मेदवारी

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् । 

निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले अन्य पदमा उम्मेदवारी दिएका थापाले शुक्रवार उम्मेदवारी फिर्ता लिएका लोकान्तरलाई जानकारी दिए । 

अब लुम्बिनीमा महिलातर्फ ३ र अन्यतर्फ ३ जना गरी ६ जना उम्मेदवार रहेका छन् ।

लुम्बिनीमा दुई पदको लागि निर्वाचन हुँदैछ । महिला कोटामा नेकपा एमालेबाट तुलसाकुमारी केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विजयालक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।

त्यस्तै अन्यबाट एमालेका झपेन्द्रबहादुर घर्ती, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र जनमत पार्टीका बालगोविन्द चौधरीले उम्मेदवारी दिएका छन् । 

राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौंदीकोे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।

आगामी माघ ११ गते नयाँ सदस्य छान्नको लागि निर्वाचन हुँदैछ । लुम्बिनीमा ८७ जना प्रदेश सभा सदस्य र २१८ पालिकाका जनप्रतिनिधि गरी ३०५  मतदाता छन् ।

salt training

कमेन्ट गर्नुहोस्