काठमाडौं, २८ पुस — भारतको केरला सर्वाधिक साक्षरता दर भएको राज्यका रूपमा गर्व गर्छ । तर यस्तो राज्यमा पनि अज्ञानी काम हुने गरेका छन् ।

केरलाको कन्नुर जिल्लामा रहेको विमल ज्योति इन्जिनियरिङ कलेजमा जारी गरिएको तालिबानी आदेशले राज्यको शिक्षा प्रणालीलाई नै मजाक उडाएको देखिन्छ ।
कलेजले एक विद्यार्थीलाई होस्टेलमा हाँसेकोमा जरिवाना तिराएको छ ।
होस्टेलमा हाँसेको अपराधमा इन्जिनियरिङका एक छात्रलाई भारु ५० जरिवाना गराएर भरपाई समेत थमाइएको थियो ।
जरिवानाको भरपाईमा लाफिङ अर्थात् हाँसेकोको स्पेलिङ समेत अशुद्ध थियो । Laughing का ठाउँमा laffing लेखिएको थियो ।
एजेन्सी