१२ साउन २०८३, मंगलबार

बीबीएल खेल्न हेलिकप्टर चढेर मैदानमै पुगे वार्नर

पुस २७, २०८०
काठमाडौं
बीबीएल खेल्न हेलिकप्टर चढेर मैदानमै पुगे वार्नर

अष्ट्रेलियाका क्रिकेटर डेबिट वार्नर बिग ब्यास लिग (बीबीएल) खेल्न हेलिकप्टर लिएर मैदानमै पुगेका छन् ।

सिड्नी थन्डर्समा आवद्ध उनी हेलिकोप्टर चढेर शुक्रवार खेल मैदानमै पुगेका हुन् । उनी आवद्ध सिड्नी थन्डर्स टोलीले शुक्रवार नै सिड्नी सिक्सर्सको सामना गरेको थियो । उक्त खेलमा सहभागी हुन वार्नर हेलिकप्टरबाट मैदानमा ओर्लिएलगत्तै उनलाई स्वागत गर्न केही मानिस आएका थिए । दर्शकहरूले ताली बजाएका थिए ।

उनी अष्ट्रेलियाको सिड्नी शहरकै उत्तरी क्षेत्रमा भएको आफ्नै भाइको विवाह सकेर सिक्सर्सविरुद्ध खेल्न हतारमा हेलिकप्टरमार्फत आएको बताइएको छ ।​

सिड्नी क्रिकेट मैदानमा भएको उक्त खेलमा वार्नरले ३७ बलमा ३९ रन बनाए पनि दुर्भाग्यवश वार्नरको टोली थन्डर्स पराजित भएको छ ।

वार्नरले गत सातामात्रै आफ्नो खेल जीवनको सम्भवत अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए । सो खेलमा उनले पाकिस्तानविरुद्धको टेस्टमा अर्धशतक बनाएका थिए । 

३७ वर्षीय वार्नरले यसअघि नै एकदिवसीय क्रिकेटबाट सन्यास लिइसकेका छन् । तर अष्ट्रेलियन राष्ट्रिय टोलीले आवश्यकता महसुस गरेमा आफूले सन्यास फिर्ता लिनसक्ने पनि उनले स्पष्ट पारेका छन् ।

वार्नरसहितको अष्ट्रेलियन टोलीले सन् २०२१–२३ मा विश्व टेस्ट च्याम्पियनसिप जितेको थियो । यस्तै उनका नाममा २ वटा एकदिवसीय र एउटा टी–२० विश्वकप पनि छन् ।

गत नोभेम्बरमा मात्रै वार्नरसहितको टोलीले भारतलाई उसकै घरेलु मैदानमा हराएर छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।   
 

salt training

कमेन्ट गर्नुहोस्