×

NMB BANK
NIC ASIA

राष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र रशिला उपाधि नजिक

काठमाडाैं | पुस २७, २०८०

NTC
Premier Steels

 सशस्त्र प्रहरी बल (एपिएफ)का प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनमा पुगेका छन् ।

Muktinath Bank

प्रिन्सले एपिएफका देवराज रानालाई २१–१०, २१–१२ ले पराजित गर्दै उपाधिका लागि आर्मीका प्रफुल महर्जनसँगको भेट पक्का गरे भने प्रफुलले पुलिस क्लबका विष्णु कटुवाललाई २१–१५, २१–१२ ले पराजित गर्दै फाइनल पुगेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिलातर्फको खेलमा आर्मीकी रशिला महर्जनले आर्मीकै अमिता गिरीमाथि २१–५, २१–१७ को सहज जित निकाल्दै आर्मीकै अनुमाया राईसँगको भेट पक्का गरेकी छन् । अनुले कस्तुरी कलेजकी सिमा राजवंशीमाथि २१–१८, २१–१४ को जित हात पारिन् । 


Advertisment
Nabil box
Kumari

लाखेपोखरी बौद्धस्थित स्पोर्ट्स हवको आयोजनामा भएको उक्त प्रतियोगिताका भेट्रान ३५ वर्षमाथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले न्यू बिएसका नारायण गौतम र आरिफ मलिकको जोडीलाई २१–१८, २१–१४ ले र चितवनका विद्वान गुरुङ र अमर रायमाझीको जोडीले चन्द्रागिरिका माधव ढकाल र प्रमोद महर्जनको जोडीलाई २१–११, १९–२१, २१–१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । 

Vianet communication

यसैगरी पिस फिटनेश सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्गको जोडीले आयोजक स्पोर्टस् हवका लाक्पा तेङ्गी तामाङ र श्याम तामाङको जोडीलाई २१–१३, २१–१५ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे । पुरुष शीर्ष २० बरियता बाहेकको युगल प्रतियोगितामा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडीले सूर्यदर्शन युनिटीका महेश खड्का र दीपक रानाको जोडीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् । 

यस्तै सेमिफाइनमा स्थान बनाउने क्रममा एपिएफका भोजबहादुर गुरुङ र सन्तोष पनेरुको जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१–१८, १९–२१, २१–१७, स्पोर्टस् हवका अभिषेक गुरुङ र निश्चल कार्कीको जोडीले धादिङका लक्ष्मण मल्ल ठकुरी र देवीनगरका राम मल्ल ठकुरीको जोडीलाई २१–१५, २०–२२, २१–१७, नखिपोटका विवेक कन्दङ्गवा र नेल्सन राईको जोडीले लाफाका मनोज फौदार र विवेक न्यौपानेको जोडीलाई २१–१७, २१–१९ ले पराजित गरे । 

पुरुष भेट्रान युगल ४५ वर्षमाथिको प्रतिस्पर्धामा पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्ग, तिलक छन्त्याल र हिरा रोका, एपिएफका धीरेन्द्र चन्द र गण्डकीका टीका थापा तथा चन्द्रागिरिका हरि खत्री र राजकुमार पोखरेलको जोडी पनि सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएका छन् । प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x