२३ असार २०८३, मंगलबार

भारतमा सन् २०१६ मा भएको सैन्य विमान दुर्घटनाको भग्नावशेष फेला

पुस २७, २०८०
काठमाडौं
भारतमा सन् २०१६ मा भएको सैन्य विमान दुर्घटनाको भग्नावशेष फेला

भारतले करिब आठ वर्षअघि समुद्रमा हराएको २९ जना सवार भारतीय वायुसेनाको यातायात विमानको भग्नावशेष प्राप्त हुने सम्भावना रहेको शुक्रबार बताएको छ । 

रुसमा निर्मित एन्टोनोभ एएन–३२ विमानले सन् २०१६ जुलाईमा भारतको दुर्गम अण्डमान र निकोबार द्वीप समूहका लागि नियमित कुरियर सेवाका क्रममा सेवाकर्मी र चालक दलका छ सदस्यलाई बोकेको थियो । 

दक्षिणी सहर चेन्नाई नजिकै वायु सेनाको आधारबाट उडान भरेको १५ मिनेटपछि उक्त विमानको हवाई ट्राफिक कन्ट्रोलसँग अन्तिम पटक सम्पर्क भएको थियो । विमान हराएपछि उक्त समय खोज र उद्धार प्रयासले विमान खोजी गर्न सकेको थिएन । 

बङ्गालको खाडीमा समुद्री ड्रोनले चेन्नाईको दक्षिणमा  तीन हजार चार सय मिटर गहिराइमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष फेला पारेको रक्षा मन्त्रालयले बताएको छ । 

    मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “तस्बिरहरू एएन–३२ विमानसँग मिल्दोजुल्दो भेटिएको छ, सम्भावित दुर्घटनास्थलमा गरिएको खोजमा भग्नावशेषले सम्भवतः दुर्घटनाग्रस्त आईएएफ एएन–३२ लाई औँल्याएको छ ।” उक्त क्षेत्रमा कुनै पनि अन्य विमान हराएको सूचना प्राप्त भएको छैन । 

    एएन–३२ विमान बिना इन्धन चार घण्टासम्म उडान भर्न सक्षम छ र यो भारतीय वायुसेनाको वर्कहर्स यातायात विमान हो । यद्यपि रुस निर्मित उपकरणहरूमा अधिक निर्भर रहने भारतीय वायुसेना खराब सुरक्षा रेकर्डका कारण चिन्तित छ । 

हराएको विमानको राडार डेटाबाट तीव्ररूपमा उचाइ गुमाउनुअघि तीव्ररूपमा बायाँतिर मोडिरहेको थाहा भएको भारतीय वायुसेनाको एक स्रोतले सन् २०१६ मा एएफपीलाई बताएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्