
दाङमा एक यात्रुबाहक बस नदीमा खसेको छ । शुक्रबार राति करिब सवा १० बजेतिर नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दाङको राप्ति गाउँपालिका–१ स्थित राप्ती पुलबाट १ ख ३९१२ नम्बरको बस खसेको हो ।
घटनास्थलमा स्थानीयसहित सुरक्षाकर्मीले उद्धार सुरु गरेको छ । प्रहरीका अनुसार बसमा करिब ३० जना सवार रहेका छन् ।