२३ जेठ २०८३, शनिबार

बुटवल आसपासका पर्यटकीय क्षेत्रको प्रचार गर्न युवा संघको पदयात्रा

पुस २८, २०८०
बुटवल
बुटवल आसपासका पर्यटकीय क्षेत्रको प्रचार गर्न युवा संघको पदयात्रा

बुटवल तथा आसपासका पर्यटकीय क्षेत्रको प्रचार गर्न भन्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पदयात्रा शुरू गरेको छ । युवा संघ रुपन्देही जिल्ला कमिटीको आयोजनामा शनिबार बिहान बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्मको पैदलयात्रा शुरू गरिएको हो ।

समृद्धिको लागि पर्यटन प्रवर्द्धन नारा दिइएको हाइकिङ्ग यात्राको अगुवाइ नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले गरेका छन् । पदयात्रामा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरी, माधव शर्मा, खिमलाल भट्टराई, केन्द्रीय सदस्य, शावित्रा अर्याल गोमा देवी आचार्य, प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, युवा संघका नेता तथा कार्यकर्ताहरूको सहभागिता छ । 

बुटवल र आसपास प्रयाप्त पर्यटकीय सम्भावना रहेको र पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि पदयात्रा आयोजना गरिएको युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले बताए।
 

salt training

कमेन्ट गर्नुहोस्