२६ जेठ २०८३, मंगलबार

दाङ बस दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त

पुस २८, २०८०
काठमाडौं
दाङ बस दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङ बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस शुक्रवार राति साढे १० बजेतिर दाङको देउखुरीको राप्ति गाउँपालिका-१ भालुवाङस्थित राप्ति नदीको पुलबाट खस्दा १२ जनाको मृत्यु भएकोमा देउवाले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।

दुर्घटनामा परी २२ जना घाइते भएका छन् । ​

देउवाले घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरूको गहिरो अध्ययन गरेर यस्ता घटनाहरूलाई नियन्त्रण गर्न/गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्