२८ असार २०८३, आइतबार

दाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन मुख्यमन्त्री चौधरीको निर्देशन

पुस २८, २०८०
काठमाडौं
दाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन मुख्यमन्त्री चौधरीको निर्देशन
फाइल फोटो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बस दुर्घटनाका घाइतेहरूको उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।​​​

शनिवार एक विज्ञप्ति जारी गर्दै उनले गएराति दाङको भालुवाङमा राप्ती पुलबाट नदीमा बस खसेर भएको दुर्घटनाबाट आफू मर्माहत भएको बताएका छन् । साथै उनले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनमा शोक व्यक्त गरेका छन् ।

मुख्यमन्त्री चौधरीले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् । ​​​

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको बस शुक्रवार राति दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्