
काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगको छ ।
काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश – ३ – ०१ – ०२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलले जानकारी दिए ।
उनका अनुसार गाडी अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा काठमाडौंको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौंको लाजिम्पाट बस्ने डा. महेशकुमार गौतम र सोही ठाउँमा ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भएको एसपी ढुङ्गेलले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
सोही कारमा सवार डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ ।