
एएफसी एसियन कप फूटबल प्रतियोगितामा छिमेकी देश भारत बलियो अस्ट्रेलियासँग पराजित भएको छ ।
शनिवार कतारको बिन अली रंगशालामा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २–० गोलले हराएको हो ।
समूह ‘बी’को यो खेलको पहिलो हाफमा भारतले अष्ट्रेलियालाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । तर दोस्रो हाफमा अस्ट्रेलियाले दुवै गोल गर्दै सहज जीत निकालेको हो ।
अस्ट्रेलियाका लागि ज्याकसन इर्भिनले ५०औं मिनेटमा पहिलो गोल गरे भने जोर्डन बोसले ७३ औं मिनेटमा अग्रता दोब्बर बनाए ।
जीतसँगै समूहको शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले ३ अंक जोडेको छ ।
भारत र अष्ट्रेलियाको समूहमा उज्वेकिस्तान र सिरिया पनि छन् ।
यसअघि शुक्रबार राति भएको उद्घाटन खेलमा आयोजक कतारले लेवनानलाई ३–० गोलले पराजित गरेको थियो ।
एसियन कप एसियाको सबैभन्दा ठूलो फूटबल प्रतियोगिता हाे ।