२७ असार २०८३, शनिबार

‘कुटुमा कुटु...’लाई २० करोड पटक हेरियो

पुस २८, २०८०
काठमाडौं
‘कुटुमा कुटु...’लाई २० करोड पटक हेरियो

चलचित्र ‘२ रुपैयाँ’मा समावेश गीत ‘कुटुमा कुटु...’लाई युट्युबमा २० करोड पटक हेरिएको छ । 

६ वर्ष अगाडि सार्वजनिक गरिएको गीतले २०० मिलियन भ्युज पाएको हो । 

यो युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत हो ।

गीतमा राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानको स्वर छ । यसका गीतकार एवं संगीतकार राजनराज शिवाकोटी हुन् । 

भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काको नृत्य छ भने उनीसँगै चलचित्रका शीर्ष कलाकारहरू असिफ शाह, निश्चल बस्नेत, बुद्धि तामाङ प्रस्तुत छन् । भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । 

गीतले २० करोड भ्युज प्राप्त गरेपछि गीतकार, संगीतकार एवं गायक शिवाकोटीले सामाजिक सञ्जालमार्फत खुशी साटेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्