१४ असार २०८३, आइतबार

संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अर्याल

पुस २८, २०८०
काठमाडौं
संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अर्याल

 संवैधानिक कानुन व्यवसायी मञ्चको २१औँ साधारणसभाले ओमप्रकाश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

मञ्चको उपाध्यक्षमा शर्मिला श्रेष्ठ, महासचिवमा लीलाधर उपाध्याय, कोषाध्यक्षमा रोशन पोखरेल, सदस्यमा दिनेश त्रिपाठी, अमरबहादुर राउत, रोशनी पौड्याल र पवनकुमार जायसवाल निर्वाचित भएका हुन् । 

दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको नवनिर्वाचित अध्यक्षमा ओमप्रकाश अर्यालले जानकारी दिए । मञ्चको संस्थापक अध्यक्षमा डा भीमार्जुन आचार्य, पूर्वअध्यक्षमा कुमार रेग्मी, टीकाराम भट्टराई, डा चन्द्रकान्त ज्ञवाली, रविनारायण खनाल, ललितबहादुर बस्नेत, राजुप्रसाद चापागाईँ, दिनेश त्रिपाठी छन् । 

salt training

कमेन्ट गर्नुहोस्