२८ असार २०८३, आइतबार

कांग्रेस बिपीले प्रतिपादन गरेको मूल्य र मान्यताअनुसार अघि बढ्नुपर्छः सभापति शर्मा

पुस २८, २०८०
स्याङ्जा
कांग्रेस बिपीले प्रतिपादन गरेको मूल्य र मान्यताअनुसार अघि बढ्नुपर्छः सभापति शर्मा

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली कांग्रेस बिपी कोइरालाले प्रतिपादन गरेको मूल्य र मान्यताअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । 

प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेशले आज स्याङ्जाको वालिङमा आयोजना गरेको ‘लोकतन्त्रको सवलीकरण र सुदृढीकरणमा नागरिकको भूमिका’ विषयक विचार गोष्ठीमा सभापति शर्माले लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस बिपीकाे सिद्धान्तअनुसार सञ्चालित हुनुपर्ने बताए । राजाले आफूलाई भिन्न ठानेकाे र जनतामाथि  शासन गर्न खोज्दा जनताले नै राजा फालेको उनको तर्क थियो । 

मुलुकका प्रजातान्त्रिक विषयविज्ञ वौद्धिकहरूको संस्थाका रूपमा प्रजातान्त्रिक विचार समाज स्थापना भई अगाडि बढेको प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले बताए । 

विचारगोष्ठीमा प्रजातान्त्रिक विचार समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसी, समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, महासचिव वासुदेव भण्डारी, गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति भोजराज अर्याल, प्रदेशसभा सदस्य कल्पना तिवारी, कांग्रेस स्याङ्जा–२ का क्षेत्रीय सभापति दिलीपप्रताप खाण, समाजका कास्कीका अध्यक्ष वीरबहादुर कार्की, स्याङ्जाका अध्यक्ष युक्तबहादुर बोगटी, सचिव सीता गौडेलले प्रजातान्त्रिक विचार समाजका गतिविधिका बारेमा आ–आफ्नो विचार प्रस्तुत गरेका थिए । 

गोष्ठीमा पृथ्वीनारायण क्याम्पस पोखराका राजनीतिशास्त्रका प्राध्यापक भीमनाथ बरालले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रजातान्त्रिक विचार समाज स्थापना भएको २९ वर्ष पूरा भएको छ । नेपालका ७७ जिल्लामध्ये यो संस्था ७२ जिल्लामा शाखा स्थापना गरी क्रियाशील छ ।

आज सम्पन्न दोस्रो अधिवेशनले गण्डकी प्रदेशस्तरीय समिति निर्वाचित गरेको छ । केन्द्रीय उपाध्यक्ष नै स्वतः प्रदेश अध्यक्ष रहने प्रावधान छ । जसअनुसार जीवलाल काफ्ले अध्यक्ष रहेका छन् । उपाध्यक्षमा कास्कीका कृष्णप्रसाद तिमिल्सिना, सचिवमा कास्कीका डा नवराज न्यौपाने, सहसचिवमा तनहुँका कृष्णहरि गैरे, कोषाध्यक्षमा स्याङ्जाका शान्ता थापा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्