१६ असार २०८३, मंगलबार

२ छोराछोरीसहित अस्ताए महेश, बाँचिन् तर एक्ली भइन् सृष्टि

पुस २९, २०८०
काठमाडौं
२ छोराछोरीसहित अस्ताए महेश, बाँचिन् तर एक्ली भइन् सृष्टि

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।


काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा चालक डा. महेशकुमार गौतम र उनका दुई सन्तान ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भयो ।

दुर्घटनामा काठमाडौंको मैतिदेवी बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको पनि मृत्यु भयो ।
L
दुर्घटनामा डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम सामान्य घाइते भएकी छिन् । उनी क्यान्सर रोग विशेषज्ञ हुन्।

सृष्टि नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर विशेषज्ञका रुपमा कार्यरत छिन् ।

महेशले भने लाजिम्पाटस्थित आफ्नै घरमा नेशनल आस्थमा एलर्जी सेन्टर सञ्चालन गर्दै आएका थिए ।​

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलका अनुसार गाडी अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्