०३ साउन २०८३, आइतबार

चीनमा थप कडा कानून : भ्रष्टाचारसहित वित्तीय अपराध गर्नेलाई 'पीडादायी सजाय' दिइने

पुस २९, २०८०
काठमाडौं
चीनमा थप कडा कानून : भ्रष्टाचारसहित वित्तीय अपराध गर्नेलाई 'पीडादायी सजाय' दिइने

वित्तीय अपराध गर्नेहरू विरुद्ध चीनले थप कडा कदम लिने बताएको छ ।

अवैध कारोवारप्रति 'शून्य सहनशीलता' अपनाउँदै कतिपय कानून संशोधन गरेर दोषीहरूमाथि कडा कारवाही गरिने चीनको वित्तीय नियामकले जनाएको छ ।

राष्ट्रिय वित्तीय नियामक प्रशासन (एनएफआरए)ले सोमवार चीनको सामाजिक सञ्जाल वीच्याटमा एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'वित्तीय अपराध गर्नेहरूमाथि गरिने कडा कारवाहीले देशको न्यायिक संगठनको साथसाथ सञ्चार र समन्वयलाई पनि बलियो बनाउनेछ ।'

एनएफआरएले वित्तीय जोखिम रोक्न र नियन्त्रित गर्न केन्द्रीय वित्तीय कार्य सम्मेलनले अंगीकार गरेको भावनालाई व्यवहारमा ल्याउने पनि जनाएको छ ।

गत अक्टुबरको अन्त्यमा राष्ट्रपति शी जिनपिङसहित शीर्ष अधिकारीहरू सहभागीतामा केन्द्रीय वित्तीय कार्यसम्मेलनको दुई दिने बैठक बसेको थियो ।

विज्ञप्तिमा भनिएको छ, 'यदि अवैध व्यवहार र कारोवारविरुद्ध प्रभावकारी निगरानी गरिएन भने जोखिम थप फैलन्छ ।'

वित्तीय अपराधविरुद्ध अहिले चीनमा धमाधम जाँच र कारवाही भइरहेका छन् । सुरक्षाकर्मीहरूले धमाधम धरपकड शुरू गरेका छन् । चीनमा वित्तदेखि स्वास्थ्यसम्मको क्षेत्रमा गहिरो गरी अराजकता फैलिएको दाबी गरिएको छ ।

एक दशकभन्दा बढी समयसम्म चीनको कमाण्ड सम्हालेका राष्ट्रपति शीले भ्रष्टाचार खतम गर्ने राष्ट्रपतिको रूपमा आफ्नो पहिचान बनाएको चिनियाँ सञ्चारमाध्यमहरू दाबी गर्छन् ।

'भ्रष्टाचारविरुद्धको लडाईंमा शीले कुनै दयाभाव देखाएका छैनन् र लुकेका जोखिमहरूलाई सफा गर्ने कसम खाएका छन्,' एक स्थानीय सञ्चारमाध्यम दाबी गर्छ ।

गत शुक्रवार पिपल्स बैंक अफ चाइनाले पनि भ्रष्टाचारको दीर्घकालीन रोकथामलाई मजबुद गर्ने प्रयासका रूपमा आफ्नो निरीक्षण बढाउने बताएको छ ।

'हामीले हाम्रो प्रमुख मुद्दा र लक्ष्यमाथि कडा नजर राखिरहेका छौं र कुनै पनि वित्तीय कानून उल्लङ्घन र अपराधका लागि सजाँयको तीव्रता बढाएका छौं,' बैंकले सार्वजनिक गरेको भनाइमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्