×

NMB BANK
NIC ASIA

सुविन र रिहानालाई योनेक्स सनराइज इनास सब-जुनियर च्यालेन्ज कप ब्याडमिन्टनको उपाधि [फोटो/भिडियो]

काठमाडाैं | पुस २९, २०८०

NTC
Premier Steels

दोस्रो योनेक्स सनराइज इनास सब-जुनियर च्यालेन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता– २०८० मा यू-१५  पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सुविन श्रेष्ठ र महिलातर्फ रिहाना शेरचनले उपाधि हात पारेका छन् ।

Muktinath Bank

सुविनले राजधानीमा आइतबार सम्पन्न फाइनल खेलमा आर्मीकै सुदेश राजकोटीलाई २१—१५, २१—१० ले र रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईलाई २१—१२, २१—१० ले पराजित गर्दै उपाधि उचालेका हुन् । विजयी खेलाडीहरूले नगद १० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उपविजेता खेलाडीहरूले मेडल प्रमाण पत्र र ट्रफीका साथ नगद ५ हजार प्राप्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेस्रो स्थानमा पुरुष तर्फ कैलालीका शिषिर राना र धन्यन्तरीका सत्यम कार्की रहे । महिला तर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्री र आइबिएससीका टिशा रानी शाक्य रहे ।


Advertisment
Nabil box
Kumari

Vianet communication

विजयी खेलाडीहरूले नगद २५ सय र मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे । नेपालमा योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको आयोजनामा भएको प्रतियोगिताको यु १३ तर्फ पुरुषमा आर्मीका सुदेश राजकोटी र महिला तर्फ मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईले उपाधि सहित नगद १० हजार प्राप्त गरे ।

सुदेशले स्पोर्टस् हवका सदीप राईलाई २१—१६, २१—१३ ले र निभाले कास्कीकी रक्षा फागमीलाई २१—१९, २१—१२ ले पराजित गरेका हुन् । दोस्रो स्थानमा रहेका खेलाडीहरूले नगद ५ हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । तेस्रो स्थानमा पुरुष तर्फ तनहुँका सफल भुजेल र एपिएफका आरुष सिमखडा र महिला तर्फ आर्मीकी समृद्धि श्रेष्ठ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री रहे । खेलाडीहरूले नगद २५ सयका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै यु ११ तर्फ कास्कीका सक्षम गुरुङले कपिलवस्तुका विराट बस्नेतलाई २३—२१, २१—१० ले पराजित गर्दै उपाधि सहित नगद १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेता खेलाडी बस्नेतले नगद ५ हजार प्राप्त गरे । तेस्रो स्थनमा रहेका आर्मीका दीप थिङ्ग र महाबौद्ध क्लबका आरभ शाक्य रहे । तेस्रो हुने खेलाडीहरूले नगद २५ सय सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, राखेप पूर्व बोर्ड सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डे, नेपाल एपिएफ क्लबका एस.पी. सुधिर सुवेदी, ब्याडमिन्टन प्रशिक्षक किरण थापा, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङ्ग, समाजसेवी नारायण सापकोटा, लोकान्तर डट. कमका सम्पादक बिमल गौतम लगायतले पुरस्कार वितरण गरेका थिए ।

यस्तै ईनासका प्रोपाईटर राजु बास्तोलाले खेलाडीहरुलाई योनेक्सको विभिन्न सामग्री जस्तै ¥याकेट, ब्याग, टिसर्ट र खेल सामाग्री प्रदान गरेका थिए ।
प्रतियोगिताको ब्राण्डिङ्ग र ब्यवस्थापन खेतान स्पोर्टस् फाउन्डेशनले गरको थियो । फाउन्डेशनले बच्चाहरुलाई ध्यानमा राखेर कार्टुनमा ब्रान्डिङ गरेको थियो । यसैगरी प्रतियोगिताको मिडिया पार्टनर लोकान्तर डटकम रहेको थियो । 

null

null

null

null

null

null

null

null

null

null

null

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x