
इटालियन सिरी ए फुटबलमा एसी मिलान विजयी भएको छ। गएराति भएको खेलमा मिलानले रोमालाई ३–१ ले हराएको हो ।
मिलानका लागि यासिन अदली, ओलिभर जिरोड र थियो हर्नान्डेजले समान १ गोल गरे । रोमाका लिआन्ड्रो परेडेसले एक गोल फर्काए ।
जितपछि मिलान २० खेलबाट ४२ अंक पुगेको छ र टोलीले अंक तालिकाको तेस्रो स्थानमा छ । शीर्ष स्थानको इन्टर मिलानको ५१ अंक छ ।