१२ साउन २०८३, मंगलबार

राष्ट्रपतिले बोलाएको दिवा भोजमा गएनन् ओली

माघ १, २०८०
काठमाडौं
राष्ट्रपतिले बोलाएको दिवा भोजमा गएनन् ओली

माघे संक्रान्तिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको दिवा भोजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । राष्ट्रपति पौडेलले माघे संक्रान्तिको अवसरमा सोमवार राजनीतिक दलका नेताका लागि शीतल निवासमा दिवा भोजको आयोजना गरेका थिए ।
 
ओलीलाई निमन्त्रण गरिए पनि पूर्वनिर्धारित अर्को कार्यक्रममा जानु परेकोले उपस्थित हुन नसकेको स्रोतले बतायो । यसअघि भदौ ५ गते राष्ट्रपतिले आयोजना गरेको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन । 

यसअघि शुक्रबार शीतल निवासमा प्रमुख तीन दलका शीर्ष नेतासँग राष्ट्रपतिले छलफल गरेका थिए । 
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरू दिवा भोजमा सहभागी भएका थिए । यस्तै उपेन्द्र यादव, महन्थ ठाकुर, अमरेशकुमार सिंह र प्रभू साह उपस्थित थिए । 

कार्यक्रममा सहभागी हुनु परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १० बजे नै शीतलनिवासबाट बाहिरिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्